आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुनु हुँदैन : स्वास्थ्य मन्त्री बस्नेत
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि नेपालीले उपचारबाट वञ्चित हुनु नपर्ने बताएका छन् । जावलाखेलस्थित लाईफलाईन हेल्थकेयर पोलिक्लिनिक एवं वेलनेसले बुधबार आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको अवसरमा स्वास्थ्य मन्त्री बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताए ।
बस्नेतले भने, ‘स्थानिय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नु पर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निशुल्क उपचार गर्न सकिने जिकिर गर्दै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने बताए । कोभिड १९ को बेलादेखि नै आफु विरामीको निशुल्क उपचार सेवाका लागि औषधि, अक्सिजन सिलिन्डर र सर्जिकल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निशुल्क स्वास्थ्य सिविरहरुबाट पनि हजारौ विरामी लाभान्वित हुने गरेकोमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पती भएको बताउदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनु पर्ने सुझाव दिए । कार्यक्रममा निशुल्क स्वास्थ्य सिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण