राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुमा समस्या भएर मंगलबार शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
पौडेलको स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिएको भन्दै अस्पतालले आज बिहान ८ बजे डिस्चार्ज गरेको जनाएको छ ।
गंगालाल राष्ट्रिय ह्दय रोग केन्दका कार्यकारी निर्देशक डा चन्द्र मणि अधिकारीले राष्ट्रपति पौडेललाई मुटुको परीक्षणका लागि मंगलबार अस्पतालमा भर्ना गरि २४ घण्टा अब्जरर्वेसनमा राखिएको र स्वास्थ्य अवस्था सामान्य देखिएकाले आजै डिस्चार्ज गरिएको जनाएका छन्।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?