मापदण्ड विपरीतका २ अस्पतालमा महानगरको ताला
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले दर्ता नै नगरी सञ्चालनमा रहेका २ अस्पतालमा आज ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको बौद्धको चाइनिज पिपुल्स अस्पताल र काटेश्वरमा रहेको सहयात्री अस्पतालमा महानगरले ताला लगाएको हो ।
ताला लगाइएका यी दुवै अस्पताल १५ \१५ शय्याका हुन् । चाइनिज पिपुल्स अस्पतालमा ताला लगाउँदा केही बिरामी भित्र उपचारमा थिए उनीहरुलाई बाहिर सारेर ताला लगाइएको हो । अहिले महानगरले विपन्न वर्गलाई उपलब्ध गराउनुपर्ने सुविधाकोबारेमा नियमित नगरानी र अनुगमन गरिरहेको छ ।
महानगरको टोली अस्पताल पुगेर दर्ता कागजपत्र माग्दा सञ्चालकले दिन नसकेपछि ताला लगाइएको महानगरले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?