स्वास्थ्य क्षेत्र रणनीतिक योजना मन्त्रिपरिषदबाट पास
हेल्थ टिभी अनलाइन \काठमाडौ: सरकारले स्वास्थ्य क्षेत्रको रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले नेपाल स्वास्थ्य क्षेत्र -रणनीतिक योजना २०७९\८० २०८७\८८ पास गरेको हो।
मन्त्रिपरिषदबाट रणनीतिक योजना पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग समेत आउने बाटो खुलेको छ।
मन्त्रिपरिषदमा पेस भएको झण्डै एक वर्षपछि उक्त रणनीतिक योजना पारित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त रणनीति मन्त्रिपरिषदमा पेश गरेको थियो।
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्ने लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा विभिन्न कार्यक्रम र योजनाहरु रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण