नेपाल क्यान्सर अस्पतालले मनायो छैठौं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सव मनाएको छ । क्यान्सर उपचारको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल र धेरै बिरामीको विश्वास जिल्न सफल यस अस्पतालले आज एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याइ पुराउन धेरै जनाको सहयोग र साथ रहेको जिकीर गरे । उनले बिरामीले अस्पतालप्रति देखाएको विश्वास र आशाले यहाँसम्म पुग्न सकिएको जिकीर गरे । डा श्रेष्ठले सुरुमा अस्पताल संचालन गर्दा निकै गाह्रो भएको स्मरण गर्दै आहिले छोटो समयमै अस्पतालमा उच्चस्तरीय सेवा दिंदै अस्पताललाई नाफामा लान सकिएको बताए । उनले सबैको सामुहिक प्रयास, साथ र सहयोग तथा बिरामीहरुको विश्वास र मायाकै कारणले अस्पताल आजको अवस्थामा आउन सफल भएको बताए।
यसैगरी कार्यक्रममा अस्पतालका प्रमुख सल्लाहकार पूर्व प्रधानसेनापति रुक्मागंत कटुवालले नेपाल क्यानसर अस्पतालले नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नारालाई पूरा गरेको बताए । उनले क्यान्सर उपचारका लागि विदेश वा अरु कुनै पनि ठाउँ जान नपर्ने गरी सेवा दिएकोमा अस्पताल परिवारलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले अस्पतालको विकास र विस्तारमा अस्पतालका सम्पूर्ण कर्मचारीको मिहिनेत र लगन महत्वपूर्ण रहेको बताए । उनले अस्पतालले यही गतिमा सेवा विस्तार र अझ परिस्कृत गर्दै लाने समेत जनाए ।
कार्यक्रममा अस्पतालमा ८ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो भने आशा नामक स्मारिकाको विमोचन समेत गरिएको थियो ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य