एमबीबीएस र बिडीएसको लाइसेन्स परीक्षामा ३८ प्रतिशत मात्र उत्तीर्ण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या जम्मा ३८ दशमलव ३९ प्रतिशत छ। काउन्सिलले शुक्रबार सूचना नतिजा प्रकाशित गर्दै एमबीबीएस तर्फ ४० दबमलब ४९ र बिडीएस तर्फ २९ दबमलब ६१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको जनाएको हो । दुबैको नतिजा हेर्दा कुल प्रतिशत नजिता ३८ दशमलब ३९ प्रतिशत मात्र हुन आउँछ ।
एमबीबीएफ तर्फ १ हजार ३९२ र बिडीएस तर्फ ३३४ जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमध्ये १ हजार ३७८ एमबीबीएफ र ३३१ बिडीएफ का विद्यार्थी उपस्थित भएको काउन्सिलले जनाएको छ।
कुल सहभागीमध्ये एमबीबीएस तर्फ ५५८ उत्तीर्ण, ८१६ अनुत्तीर्ण भएका छन। १४ जना अनुपस्थित र ४ जनाको परीक्षा रोकिएको काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले जनाए ।
बिडीएस तर्फ कुल सहभागीमध्ये ९८ जना उत्तीर्ण र २२५ जना अनुत्तीर्ण भएका छन्। ३ जना अनुपस्थित र ८ जनाको परीक्षा रोकिएको काउन्सिलले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?