शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो प्रत्यारोपण सफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो प्रत्यारोपण गरिएको छ। गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई आफ्नै श्रीमती ३७ बर्षीया आशा सुनारले कलेजो दिएकी हुन् ।
प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले गरेका थिए। सो प्रत्यारोपणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएको चिकित्सक टोलीले समेत सघाएको थियो।
सो प्रत्यारोपणमा सर्जन डा रोशन घिमिरे, डा सपना बर्मा, डा ललित कुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ, डा शिवसुन्दर जचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो। त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानागं तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए।
मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको यस केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ। प्रत्यारोपणमा हाल सम्म ८ जनामा जिवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ।
कलेजो प्रत्यारोपण गर्ने र दान दिने दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठले जनाएका छन् । यस केन्द्रमा १० वर्षको अवधिमा १ हजार ६६ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?