४२ औं क्यान्सर सर्भाइभर भेला सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिको आयोजनामा ४२ औं क्यान्सर सर्भाइभर भेला सम्पन्न भएको छ।
नियमित रुपमा क्यान्सर सर्भाइभर मिट गर्दै आएकोमा यसपटक विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर गरिएको क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले जनाइन्।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले सबै खालका क्यान्सरको मुख्य कारक तत्व सुर्तीजन्य पदार्थ रहेको भन्दै यसको सेवन नगर्न र आफनो वरिपरी सेवन गर्ने भएमा छोड्नका लागि सहयोग गर्न आग्रह गरे । उनले क्यान्सरमध्ये पनि हेड एण्ड नेक र फोक्सोको क्यान्सर हुनेमध्ये ९० प्रतिशत कारण सुर्तीजन्य पदार्थ रहेको भन्दै यसको सेवन नगरेरमा धेरै क्यान्सरबाट हुने मृत्युलाई रोक्न सकिने बताए ।
कार्यक्रममा अस्पतालकी चिकित्सक डा बनिता गुरुङको टिमले सुर्तीजन्य पदार्दको सेवनबाट हुने हानीका बारेमा जानकारी दिंदै नाटक प्रस्तुत गरेको थियो भने क्यान्सर सभाईभरहरुले आ आफनो उपचार अनुभव सुनाएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?