सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना जगाउन वक्तृत्वकला प्रतियोगिता
हेल्थ टिभी अनालइन \काठमाडौं : सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना जगाउन विद्यार्थीहरुवीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप र रोटरी क्लब अफ एलको समन्वयमा उक्त वक्तृत्वकला प्रतियोगिता भएको हो । बुधबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।
वक्तृत्वकला प्रतियोगितामा ललितपुरका १० विद्यालयका २० जना विद्यार्थीहरुले भाग लिएका थिए ।
उक्त वक्तृतवकला प्रतियोगितामा आदर्श सौला युवक सेकेन्डरी स्कूलले पहिलो र दोस्रो पुरस्कार हात पारेको थियो । कार्यक्रम नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा भएको थियो ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?