सुर्तीजन्य पदार्थ नियन्त्रणमा लाग्ने व्यक्ति तथा संस्था पुरस्कृत
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व सुर्तीजन्य पदार्थरहित दिवसका दिन ६ जना व्यक्ति तथा संस्था पुरस्कृत भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक कार्यक्रमकावीच सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदन पुराउने व्यक्ति तथा संस्थालाई उक्त स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
यसरी पुरस्कार पाउनेहरुमा पत्रकारका तर्फबाट हेल्थ टुडे मासिक पत्रिकाका सम्पादक पदमराज जोशी पुरस्कृत भएका छन् । मिडियाबाट सुर्तीजन्य पदार्थको नियन्त्रणमा योगदान दिएको भन्दै उक्त पुरस्कार दिइएको हो ।
यसैगरी संस्थातर्फबाट यस वर्षको पुरस्कार एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले पाएका छन्। उनीहरुलाई सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्दै जनचेतनामुलक कार्यमा योगदान गरेको भन्दै पुरस्कृत गरिएको हो ।
सुर्तीजन्य पदार्थको असर र प्रभावका बारेमा एडभोकेसी गर्दै आएको भन्दै प्राडा रिता थापालाई पुरस्कृत गरिएको छ ।यसैगरी सुर्तीजन्य पदार्थ विरुद्धको कानून कार्यान्वयन गर्ने सार्वजनिक निकायको रुपमा विराटनगर महानगरपालिका पुरस्कृत भएको छ ।
सुर्तीजन्य पदार्थविरुद्धको कानून कार्यान्वयन गराउन निरन्तर खटिएको भन्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसीलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कारको राशी प्रत्येक विधाका लागि ५० हजार रुपैयाँ रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य