सरकारी चिकित्सक संघको अध्यक्षमा डा समाज गौतम निर्वाचित
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार काठमाडौंमा भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा क्षितिज सापकोटा, उपाध्यक्षमा विप्लव घिमिरे, महासचिवमा विजय बाबु सचिवमा डा विप्लव सापकोटा र कोषाध्यक्षमा डा राकेश मिश्र निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरु डा सुरेश महर्जन, डा विराट शर्मा, डा सचिन यादव, डा कपिल गौतम, डा रोशन ग्वाछा, डा अमृत पन्थी, डा प्रकाश ढकाल, डा कुसल खनाल र डा देवराज कँडेल निर्वाचित भएका छन्।
गोदान देशभरका सरकारी चिकित्सकहरुको छाता संगठन हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?