स्वास्थ्य बीमामार्फत तीन महिनाको औषधि एकैपटक दिँदै भरतपुर अस्पताल
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा रहेका बिरामीका लागि एकैपटक तीन महिनाको औषधी दिने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै हालसम्म चिकित्सकको प्रेस्क्रिप्सन अनुसार दीर्घ रोगी जस्तै मधुमेही, थाइराइडको समस्या भएका, उच्च रक्तचापको समस्या भएका लगायतलाई २ महिनासम्मको औषधि दिंदै आएकोमा आजदेखि तीन महिनाको लागि औषधि दिइने जनाएको हो । पटक पटक अस्पताल आउन नपरोस र भीड कम होस् भन्ने उद्धेस्यले अस्पतालले यस्तो निर्णय गरेको जनाएको छ ।
यसरी बीमाको औषधि लिन चाहने बिरामीले दिउँसो १ देखि २ बजेको टिकट काटेर ५ बजेसम्म सेवा लिन सक्ने अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?