जलनको उपचारका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरौं : चन्द्र भण्डारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलनका बिरामीका लागि विशेष आर्थिक प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन्। आफनै घरमा ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद भण्डारीले जलन भएकाहरुको उपचारका लागि सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका हुन्।
उनले गरिबहरुले नै धेरै जसो आगोबाट जल्ने समस्या भोग्ने हुँदा मुटु मिर्गौला रोगमा जस्तै जलनका बिरामीका लागि पनि विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने बताएका हुन्।
उनी जलनमा परेर भारतमा उपचार गराएर आएपछि पहिलोपटक संसदमा बोल्दै घरमा ग्याँस कसरी प्रयोग गर्ने भन्नेबारेमा विद्यालय स्तरदेखि नै सिकाउनुपर्नेमा जोड दिए । यसैगरी उनले जलनको उपचार गर्ने किर्तिपुर अस्पताल र सुस्मा मेमोरियल अस्पतालको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
आफूले भारत गएर उपचार गराएको भए पनि उनले नेपालमा जलनको उपचार गर्ने सेन्टर र डाक्टर योग्य रहेको समेत जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण