उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि सिन्धुली अस्पताल तोडफोड
हेल्थ टिभी अनलाइन \काठमाडौं : सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि उनका आफन्तले लापरवाही भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरेका छन्। मंगलबार अस्पतालमा उपचारका क्रममा २९ वर्षीय गर्भवती महिलाको मृत्यु भएको थियो।
कमलामाई नगरपालिका ५ की २९ वर्षीया गंगा गुरुङको मृत्युपछि अस्पतालमा आफन्तहरु आन्दोलनमा उत्रिएका थिए। सो क्रममा भएको ढुंगामुढा हान्ने तथा तोडफोड गर्ने गरेका थिए ।
आफन्तले गर्भवतीलाई चिकित्सकले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्। उक्त घटनाका छानवीन भने हुन बाँकी छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?