नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगंजमा रहेको महाराजगंज नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखविरुद्ध अख्तियारमा उजुरी परेको छ।
उक्त क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषमा रहेको रकम हिनामिना गरेको आरोप लगाउँदै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष कारबाहीको माग गरेको हो । अनेरास्ववियु अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसमा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उजुरी गरेका हुन्।
यस विषयमा क्याम्पस प्रमुख रानासँग कुरा गर्दा आफूले उजुरी परेको कुरा भर्खर समाचारबाट थाहा पाएको बताइन । उनले आफूलाई बिना कारण बदनाम गराउनका लागि केही समूह लागेको र आफूले कुनै पनि आर्थिक हिनामिना नगरेको बताएकी छिन्। उनले भनिन, ‘यस विषयमा हामी छलफलमै छौं र हाम्रो मानहानी भएको छ यसबारेमा विज्ञप्ति पनि जारी गर्छौं ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?