यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आर्थिक वर्ष २०८० \८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उक्त नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय एक चिकित्सक एक स्वास्थ्य संस्था लागु गर्नेदेखि विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी सेवा संचालन गर्ने, प्रदेशस्तरमा मुटु र क्यान्सर रोगको उपचार हुन सक्ने सुपरस्पेसियालिटी अस्पताल निर्माण गर्नेसम्मका कुराहरु समेटिएको छ ।
अटिजम रोगको निदान तथा उपचारको व्यवस्था मिलाइने, ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने, बाँझोपन नि:सन्तानपनको उपचारका लागि सातै प्रदेशमा व्यवस्था मिलाइने लगायतका विषयवस्तु समेटिएका छन्।
यसैगरी औषधि व्यवस्था विभागलाई औंषधि तथा स्वास्थ्य प्रविधी विभागमा रुपान्तरण गर्ने, सिंहदरबार वैद्यखाना र जडिबुटी प्रशोधन केन्द्रको पुनसंरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमश देशभर विस्तार गरिने पनि कार्यक्रममा उल्लेख छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?