म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड
हेल्थ टिभी अनलाइन \काठमाडौं : म्याद गुज्रिएको औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ।
श्वासप्रस्वास समस्या भएका बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको र त्यही औषधिका कारण आफनो आफन्त बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले फार्मेसी तोडफोड गरेका हुन् । तर अस्पतालले भने औषधिका कारण बिरामीको मृत्यु भएको स्विकारेको छैन्।
अस्पतालमा भर्ना भएका गोरखाका ६० बर्षीय पुरुषको आइसीयूमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो। प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?