ह्याम्स अस्पतालले सुरु गर्यो बिरामीका लागि होम केयर सर्भिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले आफ्ना बिरामीका लागि सहज होस् भनेर होम केयर सर्भिस अर्थात ह्याम्स ए्याट होम सेन्टर सुरु गरेको छ ।
सोमबार एक कार्यक्रम गर्दै अस्पतालका अध्यक्ष आर एस भण्डारी र कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले उक्त सेन्टरको उद्घाटन गरेका हुन्। ह्याम्स ए्याट होम अर्थात घरमै ह्याम्स अस्पताल भन्ने स्लोगनसहित अस्पतालले आफना बिरामीको सहजताका लागि यो सेवा सुरु गरेको अध्यक्ष भण्डारीले बताए । उनले ह्याम्स अस्पतालले आफना सेवाहरु बिस्तार गर्ने क्रममा यो सेवा पनि अत्यावश्यक महशुस गरेर घरमै स्वास्थ्यकर्मी तथा चिकित्सक पठाएर बिरामीलाई सहज सेवा दिन खोजेको जिकीर गरे । उनले आफनो अस्पतालमा भर्ना भई उपचार गराइसकेका बिरामीलाई घरमा गइसकेपछि पनि कसरी केयर गर्न सकिन्छ भनेर यस्तो सेवा सुरु गरिएको जनाए ।
यसैगरी कार्यक्रममा अस्पतालका निर्देशक शर्माले बिरामीलाई स सानो सेवाका लागि पटक पटक अस्पताल आउन नपरोस भनेर बिरामीकै घरमा सेवा दिन खोजिएको बताए । उनले यो सेवा आफूहरुको भन्दा पनि बिरामीको चाहना र आवश्यकता अनुसार सुरु गरिएको बताए । उनले भने, ‘कतिपय बिरामीलाई निरन्तर अस्पताल फलो अपमा आइरहन पर्छ । त्यस्ता बिरामीको घरमा यदि अस्पताल ल्याउने लैजाने व्यक्ति नभएमा साह्रै समस्या हुने । कति बिरामी त फोन गरेर लौन मेरो घरमा कोही पठाइदिनुस् न भन्नुहुन्छ । त्यही सम्झेर उहाँहरुका लागि भनेर नै यो सेवा सुरु गरेका हौं ।’
उनले हामीले दिने यो सेवाले एक त बिरामीलाई सुई लगाउनकै लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता नहुने र अन्य स्वास्थ्य सेवाहरु पनि घरमै पाइन सक्ने हुँदा कसरी अस्पतालसम्म जाने भन्ने पीर नहुने जिकीर गरे ।
ह्याम्स ए्याट होमका संयोजक डा रोहेन्द्र पाँडेले अहिलेलाई ह्याम्स अस्पतालमा उपचार गरेर गएका बिरामीलाई फोकस गरेर यो सेवा सुरु गरिएको भए पनि अन्य बिरामीले पनि आफूलाई कस्तो सेवा चाहिएको हो फोन गरेर सेवा लिन सक्ने जनाए । उनले बिरामीलाई डक्टर्स कन्सल्टेसन, फिजियोथेरापी, नर्सिङ केयर, भ्याक्सिनेसन, ब्लड स्याम्पल कलेक्सन, काउन्सिलिङ, सर्ट प्रोसिड्युअर्स, ड्रेसिङ लगायतका सेवाहरु घरमै प्रदान गरिने बताए ।







अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’