खोप लगाउन छुटेका ५ वर्षमूनिका बालबालिकालाई वैशाख ३१ गते खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नियमित खोप लगाउन छुटेका ५ वर्ष मूनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाइने भएको छ ।
सरकारले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मूनिका बालबालिकालाई नियमित खोप दिन लागेको हो । खोप लगाउन छुटेका बालबालिकाका लागि वृहत् खोज र खोप अभियान अन्तर्गत वैशाख ३१ गने देशभरका सबै स्वास्थ्य संस्थाबाट उक्त खोप दिन लागिएको हो ।
पूर्ण खोप लिएर सबै बालबालिका सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहन नसक्ने भन्दै सरकारले खोपमा छुटेकालाई यो अभियान सञ्चालन गरिएको जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?