‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लागि आवेदन माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारको लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले उक्त आवेदन माग गरेको हो । मे ३१ मा मनाइने विश्व धुम्रपानरहित दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने कर कोषको सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न ६ वटा विधामा उक्त पुरस्कार प्रदान गरिने छ।
सचिवालयले २०७६ पछि चार वर्षपछि उक्त ६ विधामा पुरस्कार प्रदान गर्न लागेको हो । वीचमा यसले निरन्तरता पाउन सकेको थिएन । सचिवालयले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात, विक्री वितरण तथा सेवनलाई न्युनीकरण गर्दै यसको नियन्त्रण तथा नियमनमा योगदान पुराएका प्यक्ति तथा संस्थाले आवेदन दिनसक्ने जनाएको छ । उक्त आवेदन यही जेठ ५ गतेभित्र पठाइसक्नुपर्नेछ । आफुले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा पुराएको योगदानको उल्लेख गर्दै निवेदन दिन सूचनामा भनिएको छ ।
सुर्तीजन्य पदार्थको बट्टामा सबैभन्दा धेरै ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने ऐन ल्याउनेमा नेपाल पहिलो भएको थियो । सो व्यवस्था गरेवापत नेपालले एक लाख अमेरिकी डलर बराबरको ब्लुम्बर्ग फिलान्थेपिक अवार्ड पाएको थियो । उक्त अवार्डको रकमलाई अक्षयकोष बनाई सोबाट आएको रकमबाट यसको नियमन, नियन्त्रणमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कार दिने निर्णय मन्त्रालयले गरेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?