डा ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट पदमुक्त गरेका डा ढाकाकुमार श्रेष्ठलाई अहिले कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायधीश तिलकुमार श्रेष्ठको एकल इजलासले डा श्रेष्ठको रिटमा सुनुवाई गर्दै तत्काललाई कारवाही नगर्न आदेश दिएको हो। यसैगरी सर्वोच्चले श्रेष्ठलाई कारवाही गर्नुको कारण पेश गर्न पनि उल्लेख गरेको छ ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि भन्दै दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । श्रेष्ठले आफूलाई अन्याय भएको भन्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?