एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार चिकित्सा शास्त्रतर्फ प्रदान गरिने
हेल्थ टिभी अनलाइन : प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फकालाई प्रदान गरिने भएको छ ।
एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ । फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार प्रदान गरिनेछ । सो पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको छ । पुरस्कारका लागि आवेदन दिन चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधीको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजो, मिर्गौला ) जन्मजात अपांगताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुराएकाे व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ । साथै, ती सेवाहरुको संस्थागत विकास गर्दै दुर्गम क्षेत्र, गरिबी, असहाय र सेवाबाट बन्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्ति तथा संस्थाले समेत पुरस्कारका लागि आवेदन दिन आव्हान गरिएको छ ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने सो पुरस्कारका लागि २५ जेठसम्म आवेदन दिन सकिनेछ । यसैगरी, एक लाख राशीकै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष खेलकूद विद्यातर्फ प्रदान गरिने फाउण्डेसनले जनाएको छ । पुरस्कारका लागि व्यक्ति वा संस्था आफैले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिस पनि गर्न सक्नेछन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’