प्रसुती अस्पतालमा मिडवाइफ नेतृत्वको एन्टीनेटल क्लिनिक सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा मिडवाइफ नेतृत्वको एन्टीनेटल क्लिनिक सुरु भएको छ । शुक्रबार अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालको सहकार्य तथा यूनएफपिएको प्राविधिक सहयोगमा उक्त क्लिनिकको सुरुवात गरिएको हो ।
कार्यक्रममा यूएनएफपिएकी नेपाल प्रतिनिधी ओन योङ होङ उपस्थित थिइन । उनले क्लिनक भिजिट गर्दै यस प्रकारको सेटअपमा गर्भवती महिलालाई प्रसुती सेवा लिन पक्कै पनि सहज हुने र उच्चस्तरीय सेवा दिनेमा विश्वास लिएको बताइन्।
आज उद्घाटन भएको क्लिनिकको नेतृत्व मिडवाइफले गर्नेछन् भने यहाँ दिइने सेवा सम्पूर्ण रुपमा मिडवाइफबाट हुने मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्रा गोमादेवी निरौलाले जनाइन्। उनले यसप्रकारको सेवाबाट आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सकिनेमा विश्वास व्यक्त गरिन। यो क्लिनिक सम्पूर्ण रुपमा मिडवाइफ्री मोडेलको केयर क्लिनिक हो । उनले मिडवाइफ्री मोडेलको केयर सुरु गर्नाले र मिडवाइफ्री शिक्षामा लगानी गरेमा ६७ प्रतिशत मातृमृत्युदर घटाउन सकिनेमा जोड दिइन्।
यसैगरी कार्यक्रममा मिडवाइफ्री सोसाइटीका निवर्तमान अध्यक्ष डा लक्ष्मी तामाङले नेपालमा मिडवाइफ्री शिक्षा बामे सर्ने अवस्थामा रहेको भन्दै यसलाई राम्ररी अगाडी लगेर आमा तथा बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सकिने मात्र हैन धेरै मातृ र नवजात शिशु मृत्यु रोक्न सकिनेमा जोड दिइन । उनले जुन जुन देशमा मिडवाइफले प्रसुती सेवा दिइरहेका छन् ती देशमा मातृमृत्युदर अत्यन्त कम भएको समेत जिकीर गरिन ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य