प्रयोगविहिन स्वास्थ्य उपकरणको विवरण एक साताभित्र बुझाउन स्वास्थ्यमन्त्रीको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले प्रयोगविहिन स्वास्थ्य उपकरणको विवरण एक साताभित्र बुझाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।
बिहिबार मन्त्रालयलमा पदभार ग्रहण गर्दै मन्त्री बस्नेतले आफूलाई प्रयोग नभएका करोडौं पर्ने मेशिनहरु कहाँ कति छन् भन्ने जानकारी एक साताभित्र दिन निर्देशन दिएका हुन्। उनले स्वास्थ्य मन्त्रालयले कमिसनको लोभमा उपकरण खरिद गरिरहने तर त्यसको सही प्रयोग नभएर खिया लागेर बस्ने अवस्था आएको जानकारी आफूलाई भएको र त्यसको सही व्यवस्थापन गर्न जरुरी रहेको भन्दै सो सबै जानकारी आफूलाई तुरुन्त दिन भनेका हु्न्। उनले यस्तो परिपाटीको अन्त्य गर्न आफू लागिपर्ने बताए ।
उनले भने, ‘एक थरी बिरामीले सामान्य स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् अर्कातिर करोडौ पर्ने उपकरण खरिद गरेर प्रयोगविहिन अवस्थामा राखिएको छ । यो पैशा बरु नागरिकको उपचारमा खर्च गरौं । उपकरण प्रयोगमा आउँदैन भने फजुल खर्च किन गर्ने ?’
मन्त्री बस्नेतले स्वास्थ्यमा निकै नै बेथिति रहेको उल्लेख गर्दै कार्य प्रगति विवरणका आधारमा मात्र पदोन्नती गरिने तथा जथाभावी विदेशका कार्यक्रममा जाने प्रवृति रोकिने समेत जनाए । उनले जानै परेमा जाँदाको उपलब्धी पनि माग गरिने बताए ।
उनले आफू स्वास्थ्य क्षेत्रमा देखिएको बेथिती कम गर्न दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आफूलाई कर्मचारीले सहयोग गर्नुपर्नेमा जोड दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’