नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्धारा पदवहाली
परिणाममुखी काम गर्ने प्रतिवद्धता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आज पदवहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए लगत्तै उनी रामशाहपथस्थित मन्त्रालय पुगेर पदवहाली गरेका हुन् । पदवहाली गर्ने क्रममा मन्त्री बस्नेतले ४ निर्णयमा हस्ताक्षर गरेका छन्।
मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लगायतका निर्णय पनि गरेका छन् ।
मन्त्री बस्नेतले आफू पहिले पनि २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्री भएर स्वास्थ्यलाई नजिकबाट बुझेकाले आफनो लागि यो मन्त्रालय नयाँ नभएको बताए । उनले कर्मचारीले दत्तचित्त भएर काम गरेमा मन्त्रालयमा सुधार ल्याउन गाह्रो नभएको समेत जिकीर गरे ।
उनले आफू सरुवा बढुवा तिर नअल्झिने र परिणाममुखी काममा विश्वास राख्ने व्यक्ति भएको समेत बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?