नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको शपथ ग्रहण आज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट बस्नेतसहित तीन मन्त्री नियुक्त गरेका थिए ।
हिजो प्रधानमन्त्री दाहालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मोहन बहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई नियुक्त गरेका थिए ।
उनीहरु तीनै जनाले आज ३ बजे राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथ लिन लागेका हुन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?