स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बहादुर बस्नेत नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बहादुर बस्नेत नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनी सहित तीन मन्त्रीहरु नियुक्त गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री पदम गिरीले राजिनामा दिएपछि २ महिनादेखि स्वास्थ्य मन्त्रालय मन्त्री विहिन रहेको थियो ।
बस्नेतसँगै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?