ह्याम्स अस्पतालको विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले जुगल सिन्धु उत्थान समाजसँगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ स्थित श्री कालिकादेवी माध्यमिक विद्यालयको प्रांगणमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको हो । गत शनिबार भएको उक्त शिविरमा २५० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी रोग र जनरल फिजिसियन सेवा साथै शिविरमा आवश्यक परेका बिरामीलाई ओषधी समेत निशुल्क प्रदान गरिएको थियो ।
उक्त शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अतित पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ डा श्रद्धा फुयाल , जनरल फिजिसियन डा गुन्जन खड्का लगायतको टोलीले निशुल्क सेवा प्रदान गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?