राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज स्वदेश फर्किने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलायन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल वैशाख ५ गते स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यही क्रममा उनलाई वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा थप उपचारका लागि एयर एम्बुलेन्समार्फत लगिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?