थप ५१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय ३८ जनाको नमुना परीक्षण गरिएकोमा ५१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज थप एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १७ हजार ९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ३६१ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ८ जना आइसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?