अस्पतालले पार्किङ शुल्क उठाएको पाइएमा कारवाही गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अस्पतालहरुले आफनो अस्पतालमा आएका सवारीसाधनको पार्किङ शुल्क उठाएको पाइएमा कारवाही गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पार्किङ शुल्क उठाउने अस्पताललाई कारवाही गर्ने जनाएको हो । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालहरुले नियम विपरित पार्किङ शुल्क लिने गरेको गुनासो आएको भन्दै उक्त कदम तुरुन्त रोक्न आग्रह गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासा प्राप्त भएकोले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्था पूर्ण रूपमा पालना गर्न गराउन सबैमा अनुरोध छ।’
कानूनले अस्पतालमा पार्किङ सुविधा उपलब्ध गराए वापत सेवाग्राहीबाट शुल्क लिन वर्जित गरेको छ । तर राजधानीका अधिकांश अस्पतालले सेवाग्राहीसँग पार्किङ शुल्क उठाउने गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’