नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि दुई दिने खोप अभियान
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि दुई दिने खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व खोप सप्ताहको अवसर पारेर यही वैशाख १५ र ३१ गते नियमित खोप लगाउन छुटाएका ५ वर्ष मूनिका बालबालिकाका लागि वृहद् खोज र खोप अभियान चलाउन लागेको हो ।
यी २ दिनमा स्थानीय निकायका स्वास्थ्य संस्थाका खोप केन्द्रमा खोप उपलव्ध हुने बताइएको छ । बालबालिकाहरुले पूर्ण खोप नलगाए सम्म कोही पनि सुरक्षित नहुने भएकाले यो अभियान सुरु गरिएको महाशाखाले जनाएको छ । आफना बालबालिकालाई खोप कार्यक्रममा सहभागी गराई पूर्ण खोपको अभियानमा सहभागी हुन महाशाखाले आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?