Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ वर्ष : १ हजार ४६ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल

१० जनाको कलेजो प्रत्यारोपण

राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ वर्ष :  १ हजार ४६ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल

हेल्थ टिभी अनलाइन \काठमाडौं : शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यही बैशाख ११ गर्ते आफ्नो ११ औं बार्षिक उत्सव मनाउन लागेको छ । यो ११ वर्षमा केन्द्रले १ हजार ४६ जनाको सफल मिर्गौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण गरेको छ । स्थापनाको १्१ वर्षको अवधिमा डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले सो सफलता हाँसिल गरेको हो ।

अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा विश्वको सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण गर्ने मध्ये एकको स्थानमा रहन र ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मिर्गौला प्रत्यारोपण गर्न सक्ने श्रय यस केन्द्रले पाएको श्रेष्ठले बताए । देशमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार, देश भरी डायलाइसिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य यस केन्द्रले गरेको समेत डा श्रेष्ठले जिकीर गरे ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने प्रत्यारोपण सेवालाई क्रमश सेती अस्पताल, कैलाली, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा प्रत्यारोपण सेवा विस्तार गर्ने समझदारी गरी प्रत्यारोपण कार्यको तयारी भै रहेको उनले जानकारी दिए ।

केन्द्रले २ सय बढी जना स्टाफ नर्स तथा प्राविधिकलाई तालिम दिई डायलाइसिस सेवा देश भरी फिजाइ रहेको छ भने बिभिन्न सरकारी अस्पताल तथा निजी अस्पतालमा भएकामिर्गौला प्रत्यारोपण कार्य यही केन्द्रवाट तालिम प्राप्त जनशक्तीबाट भएको छ ।

नेपाल सरकारको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्बन्धी उच्च स्तरीय दक्ष जनशक्ती उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको रुपमा विकास गर्ने र आवश्यक जनशक्ती उत्पादन गरी प्रत्यारोपण सेवासातै प्रदेशमा विस्तार गर्ने योजनालाई कार्यन्वयन गर्ने जिम्मेवारी समेत डा. पुकारको काँधमा छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्धय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँको सक्रियतामा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार हुँदै गएको हुँदा अंग फेल भई मरणसन्य अवस्थामा पुगेका नेपाली बिरामी लाभान्वीत भएका छन ।

डा. पुकार चन्द्र श्रेष्ठको पछिल्लो कार्यकालमा प्रत्यारोपण सम्बन्धी अन्तराष्ट्रिय स्तरको सम्मेलन देखी देशका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम, गोष्ठी, निशुल्क स्वास्थ्य सिविर तथ अंगदान सिविरहरु नियमित रुपमा भै रहेको र झन्डै २५ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको सम्पुर्ण मन्त्री मण्डलले उनकैो पहलमा मस्तिष्क मृत्यु पश्चात अंगदान गर्ने घोषणा गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार