एनएचआरसीको वैज्ञानिक सम्मेलन : कसले कुन अवार्ड पाए ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आज सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वर्यनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ मंगलबारबाट सुरु भएको दुई दिने सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आ आफनो खोज र अनुसन्धानको प्रस्तुती गरेका थिए भने विभिन्न विषयमा छलफल भएको थियो ।
उक्त सम्मेलनमा गत वर्षहरु जस्तै यस वर्ष पनि विभिन्न विधाहरुमा अवार्ड प्रदान गरिएको छ । यस वर्षको बेस्ट हेल्थ रिसर्चर अवार्ड डा शिवराज मिश्रलाई प्रदान गरिएको छ । यसैगरी बेस्ट ओरल प्रेजेन्टेसन अवार्ड विजय खत्रीले पाए भने बेस्ट पोस्टर प्रेजेन्टेसन अवार्ड सिता कोइरालाले पाइन ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टाफ क्याटागोरी) मा नमिता घिमिरेले प्राप्त गरिन् भने मृगेन्द्र सम्झना ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (डक्टर्स क्याटागोरी) मा डा रविनमान कर्माचार्यले पाएका छन्।
एनएचआरसीका कर्मचारीबाट बेस्ट परफरमेन्स अवार्ड परिषद्का मिन बहादुर घिसिङले पाए ।










नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?