७ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वर्यनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
सम्मेलनले राज्यका सबै तहमा अनुसन्धानकर्ता, निती, निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुवीच मजवुत सम्बन्धको विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई निती तथा कार्यक्रममा प्रयोग गर्ने संयन्त्रको बढावा गर्ने, उच्च गुणस्तरको स्वास्थ्य निती र प्रणालिगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरु विचको आवश्यक सहकार्यलाई मजवुत एवम प्रवद्धन गर्ने, प्रमाणका आधारमा निती तथा कार्यक्रम गरिनुपर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख छ ।
दुई दिनसम्म चलेको सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा प्रस्तुती गरेका थिए ।

परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले स्वास्थ्यमा अनुसन्धान गर्नेहरुका लागि सम्मेलन एउटा ठूलो प्लेटफर्म भएको बताए । उनले स्वास्थ्यका नीति तथा कार्यक्रम निर्माणका लागि यस सम्मेलनले सहयोग गर्ने समेत जानकारी दिए ।
सम्मेलनको समापन कार्यक्रममा प्रमुख अतिथी रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान बिना सही नीति तथा कार्यक्रम बनाउन नसकिने हुँदा सरकारले अनुसन्धानमा लगानी बढाउने र परिषद्लाई के कस्तो सहयोग चाहिन्छ गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण