महिला संघको सम्मेलनमा नेपाल क्यान्सर अस्पतालको नि:शुल्क शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा नेपाल क्यान्सर अस्पतालले महिलालाई निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
देशभरबाट आएका झण्डै १३ सय महिला प्रतिनिधी सहभागी भएको उक्त सम्मेलनमा नेपाल क्यान्सर अस्पतालका चिकित्सकहरुद्धारा स्तन क्यान्सर तथा प्यापस्मेयर टेस्ट गरिएको थियो । यसका साथै महिलामा हुनसक्ने क्यान्सरको जोखिम तथा बच्ने उपायकाबारेमा जनचेतनामूलक कार्यक्रममको समेत आयोजना गरिएको थियो । स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर महिलामा बढी देखिने क्यान्सर भएकाले यसकाबारेमा विस्तृत जानकारी दिइएको शिविरमा सहभागी चिकित्सकले जनाएका छन्।
नेपाल क्यान्सर अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा पुगेर यस खालका जनचेतनामूलक कार्यक्रम तथा निशुल्क शिविरहरु गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’