फेरि बढ्यो कोरोना : २४ घण्टामा एक जना संक्रमितको मृत्यु, १८ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : झण्डै शुन्यमा झरेको कोरोना संक्रमण देशमा फेरि एकपटक बढ्न थालेको छ ।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १०६ जना संक्रमित थपिएका छन्। नेपालमा फेरि कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप नलगाएकालाई खोप लगाउन र बुस्टर खोप नलगाएकालाई बुस्टर खोप लगाउन आग्रह गर्दै आएको छ । यसैगरी मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।
आज थपिएका नयाँ संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ । अहिले १३ जना संक्रमितको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार २१ जनाको मृत्यु भएको छ ।
देशभर कोरोना संक्रमण बढे पनि सर्वसाधारण कसैले जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिंदैन्। अरु त अरु जनस्वास्थ्यका मापदण्ड पालना गर भनेर विज्ञप्ति निकाल्ने स्वास्थ्य मन्त्रालयकै कर्मचारी एवम स्वास्थ्यकर्मीले समेत मास्क लगाउने, दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गरेको देखिंदैन।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’