अनुसन्धानबिना समृद्धि सम्भव छैन् : उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिन बहादुर श्रेष्ठले देशमा अनुसन्धानबिना विकास, समृद्धि र समाजवादको कल्पना गर्न नसकिने भन्दै अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले देशको नीति, योजना तथा कार्यक्रमहरु अनुसन्धानबाट आएका नतिजाका आधारमा बन्ने हुँदा देशमा तथ्यपरक र गुणस्तरीय अध्ययन अनुसन्धान हुन आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘अनुसन्धान बिना विकास, समृद्धि र समाजवादको कल्पना हुन सक्दैन्। स्वास्थ्य अनुसन्धानको नतिजा अनुसार स्वास्थ्यका नीति बनेका छन् । त्यसमा स्वास्थ्य अनुसन्धान परिषदको ठूलो भूमिका छ । अझै पनि अनुसन्धानका माध्यमबाट देशको विकासमा टेवा पुराउन सकिन्छ । त्यसतर्फ सोच्न पर्छ ।’
उनले अहिले देशमा जलवायू परिवर्तन, मानसिक स्वास्थ्य समस्या, प्रजनन् दर, बसाईसराई, जेष्ठ नागरिकको संख्या बढ्दो लगायतका विषय टड्कारो रुपमा देखिएकाले यी विषयलाई परिषद्ले अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए । यसैगरी हाम्रा मौलिक चिकित्सा तथा आयुर्वेदिक उपचार पद्दतिको पनि उचित अनुसन्धान आवश्यक रहेको उनले जिकीर गरे ।
श्रेष्ठले देश संघीयतामा गएकाले अहिले प्रदेश तथा स्थानीय तहमा पनि नीति कार्यक्रम बन्ने क्रम रहेको र यो बेला त्यही तहका लागि सुहाउँदा स्थानीय स्तरका अनुसन्धान हुनुपर्ने बेला आएको बताए । यसमा परिषद्को भूमिका महत्वपूर्ण हुने समेत जनाए । सम्मेलनमा उनले राज्यले अनुसन्धानमा लगानी बढाउने र युवा अनुसन्धानकर्ताहरुका लागि विशेष प्याकेज कार्यक्रमहरु समेत ल्याइने प्रतिवद्धता जनाएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य