धादिङमा ह्याम्स अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, ५ सय बढीले लिए सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : ह्याम्स अस्पताल धुम्बाराहीद्वारा श्री आदर्श स्कुलस स्टुडेन्डस् एल्मुनाई गजुरी धादिङसँगको सहकार्यमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
यही चैत्र २५ गते, शनिबारका दिन श्री आदर्श बहुमुखी क्याम्पस गजुरीको प्रांगणमा श्री आदर्श स्कुल स्टुडेन्डस् एल्मुनाई गजूरी धादिङसँगको सहकार्यमा ह्याम्स अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा स्त्री तथा प्रसुति रोग, मुटुरोग, मानसिक रोग, नाक कान घाँटीरोग र जनरल फिजिसियन सेवा साथै शिविरमा ओषधी तथा इसिजी सेवा पनी नि: शुल्क प्रदान गरिएको थियो ।
उक्त शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा श्री प्रसाद अधिकारी तथा डा, इच्छा उप्रेती, मनोचिकित्सक डा रमन कोइराला, नाक कान घाँटि विशेषज्ञ डा सुस्मा भटृचन, मुटुरोग विशेषज्ञ डा मुकुन्द शर्मा, जनरल फिजिसियन डा निशान्त ढकाल र डा आरोग्य न्यौपाने लगायतको टोलीले निशुल्क सेवा प्रदान गरेका थिए ।
साथै उक्त शिविरमा ह्याम्स अस्पतालका मनो चिकित्सक मानसिक रोग विशेषज्ञ डा रमन कोइरालाद्वारा बिभिन्न उमेर समूहका विधार्थिहरूलाई जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो । बिहान ९ बजे बाट संचालन भएको उक्त शिविरमा ५०० भन्दा बढि बिरामीले स्वास्थ्य लाभ लिएका थिए ।
काठमाडौंका वरिष्ठ चिकित्सकहरु द्वारा आफ्नै गाउँटोलमा उक्त सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए । ह्याम्स अस्पतालले सामाजिक दायित्व अन्तरगत रहेर विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?