रास्वपा सांसद ढाका कुमारले स्वास्थ्यमन्त्री बन्न भन्दै प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ माग्दै फोन गरेको अडियो सार्वजनिक भएको छ।
उक्त फोन वार्तामा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन भन्दै उक्त रकम माग गरिएको बुझिएको छ । उनले आफू स्वास्थ्यमन्त्री भएपछि प्रसाईलाई सहयोग गर्ने समेत जनाएका छन्।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएको हो। यो अडियो सार्वजनिक भए लगत्तै पार्टीले निलम्बन गरेर छानविन प्रक्रिया अगाडि बढाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?