कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठन तयार
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठन तयार रहेको छ ।
संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पान्डवले कैदीबन्दीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको र केन्द्रीय कारागार अस्पतालसँग विशेषतः स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम गर्न इच्छुक रहेको बताएका हुन्।
उनले कर्मचारीहरूका लागि तालिम स्वास्थ्य सेवा विभाग तथा राष्ट्रिय तालिम केन्द्रबाट सञ्चालन गरिने तालिमहरूमा सहजीकरण गर्न सकिने, मानसिक रोग तथा अन्य रोगका अनुसन्धानात्मक कार्यक्रमहरू लगायत स्वास्थ्य प्रवर्द्धन जस्ता कार्यक्रमहरूमा सहकार्य गर्न सकिने भएकाले अस्पतालले प्रयास गर्न सुझाव दिए।
यसैगरी विश्व स्वास्थ्य संगठन नेपालकी डा लोनिम प्रसाई दिक्षितले अस्पतालमा भइरहेको कैदीबन्दीहरूको स्वास्थ्य उपचारका बारेमा विशेष जानकारी लिँदै नसर्ने रोग, प्रकोप व्यवस्थापन योजनाका लागि प्राविधिक सहयोग र सहजीकरणका लागि पहल गर्ने जानकारी दिइन ।
अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले राष्ट्रको जिम्मेवारीमा रहेका ७२ जिल्लाका ७४ कारागारमा रहेका देशभरका करिब ३१ हजार कैदीबन्दीको उपचारमा भन्दा रोगको रोकथाममा लगानी गर्न सके देशको धेरै पैसा र बिरामीको जटिल अवस्था र मृत्यु रोक्न सकिने बताए।
यसैगरी संगठनको ध्यानाकर्षण गराउँदै उनले निकट भविष्यमा स्वास्थ्यका अतिरिक्त कैदीबन्दीका स्वास्थ्यका अन्य कुराहरु जस्तै सामाजिक, खानपान, जीवनशैलीका बारेमा थप निरीक्षण, खोज अनुसन्धान र अस्पतालका कार्यक्रमहरूमा सहकार्य अनुरोध गर्दै चासो र भ्रमणका लागी धन्यवाद ज्ञापन गरेका थिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य