एक से एक क्यान्सर विशेषज्ञ नेपालमै छन, अब उपचार गर्न विदेश जानै पर्दैन : मदनकृष्ण श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर उपचारका लागि विदेश जानै नपर्ने र एक से एक उत्कृष्ट डाक्टर नेपालमै भएको बताएका छन्। बिहिबार नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आयोजना गरेको तेस्रो क्यान्सर सर्भाइभर र्याम्प शोमा बोल्दै उनले कुनै पनि क्यान्सर उपचार गर्न भन्दै विदेश जान नपर्ने र विदेश र नेपालको उपचार पद्धति उस्तै रहेको जनाएका हुन् ।
कलाकार श्रेष्ठले आफ्नी श्रीमतीको क्यान्सरकै कारण मृत्यु भएको भन्दै उनको उपचारका लागि स्वदेश विदेश सबैतिर भौंतारिंएको र विदेशको र यहाँको उपचारमा कुनै फरक नपाएको जनाए । श्रेष्ठले नेताहरुलाई व्यंग्य गर्दै भने, ‘हामीले तिरेको करबाट खर्च गर्नकै लागि नेताहरु गइरहेकै छन् विदेश हामीलाई जानु छैन् हामीलाई यहींका डाक्टरमाथि विश्वास छ ।’
उनले विदेशमा उपचार पद्धति नेपालको भन्दा कयौं गुणा बढी महंगो भएको आफूले नै महशुस गरेको तर उपचार प्रक्रियामा कुनै फरक नभएको बताए । उनले एक से एक डाक्टर हुँदा पनि विदेश जानु भनेको पैसा र यहाँ रहेका आफन्तको माया गुमाउनु मात्र भएको समेत जिकीर गरे । आफनो श्रीमतीको उपचारका क्रममा आफूले विदेश जाँदा खाएको दुख सम्झिंदै उनले क्यान्सर लगायत नेपालमै हुने उपचारका लागि बाहिर जानु भनेको आफैलाई र बिरामीलाई समेत दुख दिनु भएको भन्दै कसैलाई पनि हत्तारिएर अरुको लहै लहैमा बाहिर नजान आग्रह समेत गरे । उनले क्यान्सर निको हुने रोग भए पनि यसलाई समयमै उपचार गर्न र सावधानी अपनाउन पनि सबैलाई आग्रह गरे ।
अति विपन्न क्यान्सर बिरामीका लागि भन्दै कार्यक्रममा श्रेष्ठले आफनी दिवंगत श्रीमतीको नाममा २५ हजार रुपैयाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप मार्फत सहयोग गर्ने समेत घोषणा समेत गरे ।
कार्यक्रमका प्रुमख अतिथी समेत रहेका श्रेष्ठले क्यान्सर उपचार गराइरहेका बिरामी तथा सर्भाइभरको हौसला बढाउँदै र्याम्प शोमा गित समेत गाएका थिए भने र्याम्प वाक समेत गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?