नेपालले स्वास्थ्यका क्षेत्रमा अनुकरणीय प्रगति हासिल गरेको छ : प्रधानमन्त्री
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले नेपालले स्वास्थ्यका क्षेतमा केही अनुकरणीय प्रगति हासिल गरेको बताएका छन्।
७५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भिडियो सन्देश मार्फत उक्त कुरा बताएका हुन्। दाहालले विगत केही दशक यता नेपालले चुनौतीहरुका वावजुत पनि स्वास्थ्यका क्षेत्रमा केही उल्लेख्य प्रगति गरेको बताएका हुन्। उनले नेपाललले केही संक्रामक रोग निवारण गर्न सफल भएको छ भने बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यमा उल्लेख्य सुधार गर्न सकेको बताए । यसैगरी विभिन्न कार्यक्रमहरु मार्फत नेपालीहरुको औसत आयु पनि बढाउन सकिएको उल्लेख गर्दै अन्तराष्ट्रिय समूदायमा गरेका केही प्रतिवद्धता पूरा भएको भन्दै अन्य थुप्रै प्रतिवद्धताहरु हासिल गर्न मिलेर काम गनुैपर्ने बताए ।
संविधानले ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउने प्रतिवद्धतामा सरकार अडिग रहेको र स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन प्राथमिक स्वास्थ्य सेवालाई विस्तार गरी सर्वव्यापी पहुँच स्थापना गर्न जोड दिने सरकारको लक्ष्य रहेको समेत उनले जिकीर गरे ।
धेरै उपलब्धी हासिल भएको भए पनि अझै सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि धेरै काम गर्न बाँकी रहेको जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण