‘द यति शो’ को सय एपिसोड पूरा, अनुसन्धानमूलक सूचनामा जोड दिइने
हेल्थ टिभी अनलाइन\काठमाडौं : फेमिली हेल्थ नेपालद्धारा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘द यति शो’ को सयौं भाग पूरा भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा आज एक कार्यक्रम गर्दै कार्यक्रमका परिकल्पनाकार तथा फेमिली हेल्थ नेपालका अध्यक्ष वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्तले आफूहरुले जनमानसमा सही र तथ्यपरक सूचना दिने उद्धेस्यले युट्यबमार्फत टक शो सुरु गरेको जानकारी दिए । उनले दुरदराजमा रहेका मानिसहरुले सूचना सही पाए भने मात्र सही उपचारका लागि सही स्थानमा जान सक्छन भन्ने उद्धेस्यका साथ सुरु गरेको शोले सय भाग पूरा गरेकोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उनले अहिलेसम्म स्वास्थ्यका विभिन्न क्षेत्रका विशेषज्ञहरुको मात्र कुरा राखेर सूचनामूलक मात्र शो भएकोमा अब भने बिरामी पक्षको पनि कुराहरु राखेर सूचनामूलक तथा इमोशनसमेत राखेर शो तयार गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदिप ज्ञवालीले डा पन्तले सुरु गरेको शोले तथ्यपरक सूचनाहरु जनतासमक्ष पुराउन सहयोग गरेको भन्दै यस्ता खालका शोहरुले अन्तत सर्वसाधारणलाई सही सूचना लिन पाउने अधिकार सुनिश्चित गर्ने बताए ।
यसैगरी कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्त बहादुर केसीले सरकारले संविधानमै जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गरेकाले यस खालको शोले सर्वसाधारण आफनो स्वास्थ्यमा आउने समस्या र समाधानका उपायकाबारेमा सू सूचित हुने भन्दै फेमिली हेल्थ नेपालले राम्रो कामको थालनी गरेको बताए । कार्यक्रम युट्यबमार्फत साप्ताहिक रुपमा प्रसारण हुने गर्छ ।
कार्यक्रममा कार्यक्रमकी सञ्चालक डा जया सत्याल लगायतका टिमलाई सम्मान गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण