स्वास्थ्य मन्त्रालयले भन्यो- फेरि कोरोना बढ्न थाल्यो, सावधानी अपनाऔं
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फेरि एकपटक बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा मौसमी रुघाखोकीसँगै कोभिड संक्रमितको संख्यामा पनि वृद्धि भइरहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालला गर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि छिमेकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट फेलिरहेको हुँदा सीमा नाकामा प्रवेश गर्नेहरुको परीक्षण गर्ने तथा उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । र नभएका स्थानमा तुरुन्त व्यवस्था गर्न जरुरी छ ।’
कोभिडको जोखिम अझै पनि उच्च रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न र त्यही अनुसार तयारी गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?