तेस्रो क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे जनमानसमा सचेतना जगाउनका लागि काठमाडौंमा तेस्रो क्यान्सर सर्भाइभर र्याम्प शो हुने भएको छ । नेपाल क्यान्सर सहयोग समूहको मुख्य आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यक्रमा यही चैत २३ गते उक्त क्यान्सर सर्भाइभर र्याम्प शो हुन लागेको हो ।
उक्त शोकोबारेमा जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष एवम कार्यक्रमकी संयोजक स्वरुवा श्रेष्ठले क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन क्यान्सर पछि पनि जीवन छ भन्ने सन्देश फैलाउनकै लागि आफूहरुले यस्तो प्रकारको शो गर्न लागेको जानकारी दिइन् ।
उनले र्याम्प शोको एक मात्र उद्धेस्य भनेको क्यान्सरबारे समाजमा रहेको भ्रमलाई तोड्नु रहेको जिकीर गरिन । उनले भनिन, ‘जसरी डाइबेटिज, प्रेसर, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा मलाई अहिले निको भयो भन्नलाई कोही पनि हिच्किचाउन पर्दैन्। यो पनि अन्य रोग जस्तै हो । त्यही भन्नका लागि हिम्मत जुटाउन यो कार्यक्रमले सहयोग पुराउनेछ भन्ने हाम्रो विश्वास छ ।
यसभन्दा अघि दुई वटा क्यान्सर सर्भाइभर र्याम्प शो सम्पन्न गरिसकेको क्यान्सर सहयोग समूहले यसपटक यही चेत २३ गते अर्थात अप्रिल ६ मा ललितपुरमा रहेको होटल हिमालयमा र्याम्प शो गर्न लागेको हो ।
पहिलोपटक २४ जना क्यान्सर विजेता र्याम्प शोमा उत्रिएका थिए भने यसपटक ५० जनाभन्दा बढी विजेता र्याम्पमा उत्रिने छन्। शोले उपचार गराइरहेका बिरामी र निको भइसकेका सर्भाइभरको हौसला बढाउने विश्वास आयोजकको लिएको छ ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’