थप ४२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर गत २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९१५ जनाको नमुना परीक्षण गरिएकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।
झण्डै शुल्यमा झर्न लागेको कोरोना संक्रमण फेरि एकपटक उकालो लाग्न थालेको छ । भारतमा पनि संक्रमण बढ्न थालेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
आज थपिएका संक्रमित सहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको हो । यहीवीच ४१ हजार ४०९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?