कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल कार्यक्रम गरिएको छ। कारागार ब्यवस्थापन विभाग,कारागार कार्यालय,अनाश्रीत गुल्म जगन्नाथदेवल तथा कैदीबन्दीहरुको विशेषज्ञ स्वास्थ्य उपचार गर्न सम्झौता गरिएका १८ वटा अस्पतालका निर्देशक र फोकल पर्सनसँग गुणस्तरीय सेवा तथा उपचार व्यवस्थापन सम्बन्धी छलफल भएको हो।
केन्द्रीय कारागार अस्पतालबाट थप विशिष्टिकृत परामर्श र उपचारको लागि सम्झौता भएपश्चात प्रेषण भई जाने वीर अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर,गंगालाल हृदयरोग केन्द्र,त्रिवि शिक्षण अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,कान्ति बाल अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,भक्तपुर क्यान्सर अस्पताल,मनमोहन कार्डियोथोरासिक तथा भ्यास्कुलर केन्द्र,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,नेपाल आँखा अस्पताल,हेल्थ केयर फाउन्डेसन,आनन्दवन अस्पताल,बिपी स्मृती अस्पताल,एनआरएल,नेपाल रेडक्रस सोसाईटी लगायतका अस्पताल र स्वास्थ्यसंस्थाहरुमा सुरक्षालाई मध्यनजर गर्दे प्राथमिकतामा राखी फास्ट ट्रयाकबाट उपचार सम्बन्धी छलफल भएको छ। यही क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले हरेक भुक्तानीलाई क्यासलेस बनाउन सम्झौता गरिएको पनि जानकारी दिए।
कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न निकट भबिष्यमै ५० शय्यामा स्तरोन्नती गरिदै गरेको केन्द्रिय कारागार अस्पताल देशभरका कैदीबन्दीको प्रेषण केन्द्र तथा केन्द्रिय,भद्र र महिला सुधार गृहको नियमित अस्पताल हो। २०७९ चैत्र १ गते देखिको डिल्लीबजार र जगन्नाथदेवलका बिमीत कैदीबन्दीहरुको प्राथमिक अस्पताल तथा देशभरको प्रेषण अस्पताल पनि हो। अस्पतालमा औषधि सेवन गरिरहेका दीर्घरोगी १ हजार १ सय ७५ जना रहेको डा बुढाथोकीले जानकारी दिए।
छलफलका क्रममा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल, ट्रमा सेन्टरका प्रमुख डा रुद्र मरासीनी,टेकु अस्पतालका निर्देशक डा मनिषा रावल,मानसिक अस्पतालका निर्देशक डा अनन्त प्रसाद अधिकारी,भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा बिष्णुदत्त पौडेल, रेडक्रसका उपनिर्देशक डा प्रकाश कुमार यादव लगायतले कारागार अस्पतालको रेफरल पत्र लिएर आउने कैदीबन्दीको उपचारलाई उच्च प्राथमिकता दिंदै आएको र भविष्यमा पनि दिने बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’