केन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा आएका छन्। कारागारमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको हो । गृह सचिव बिनोद प्रकास सिंहले अस्पतालमा ५ शय्याको इमर्जेन्सी, १० शय्याको मानसिक वार्ड, एम्बुलेन्स, तथा फार्मेसीको उद्घाटन गरे ।
गृह सचिव सिंहले केन्द्रीय कारागार अस्पतालमा रहेका वहिरंग विभाग, अन्तरंग विभाग, एक्सरे विभाग, प्रयोगशाला कक्ष, मानसिककक्ष,लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरी उपलब्ध सम्पूर्ण सेवाहरुको बारेमा जानकारी समेत लिएका थिए। उनले अवलोकनका क्रममा कारागार अस्पतालको विस्तार र विकासलाई लागि गृह मन्त्रालयले उच्च प्राथमिकतामा राखेको भन्दै सिमित स्रोत साधनका बिच अस्पतालले आवश्यक सेवा प्रदान गरेकोमा धन्यवाद समेत दिए।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट डा प्रकाश बुढाथोकीले अस्पतालले थप गरेका सेवाहरू, छिटै संचालन हुने स्वास्थ्य बिमा लगायतका विषयमा प्रकाश पारेका थिए। उनले अस्पतालको बजेट, कर्मचारीहरुका लागि प्रोत्साहन लगायतका विषयमा पनि समेत गृह सचिवको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता जितेन्द्र बस्नेत, अस्पतालकी शाखा अधिकृत रमा घिमिरे, केन्द्रीय कारागार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मीहरु, प्रशासनमा कार्यरत कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य