सभामुख घिमिरेले भने, नेपालमा अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका अतुलनीय छ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अन्धोपन न्युनीकरणका लागि नेपाल नेत्रज्योति संघले खेलेको भूमिका असाध्यै महत्वपूर्ण र अतुलनीय भएको भन्दै प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले संघको प्रशंसा गरेका छन्। सोमबार नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सन् १९८१ मा ० दशमलब ८४ प्रतिशत रहेको नेपालको अन्धोपनको स्थिती अहिले घटेर ० दशमलब २८ प्रतिशतमा झर्नुमा नेत्रज्योति संघको लगातारको प्रयास र कामप्रतिको प्रतिवद्धताको उपज भएको बताए । उनले ‘नेपालको आँखा स्वास्थ्य क्षेत्रमा संघले खेलेको भुमिकाको जति प्रशंसा गरेपनि कमै हुने समेत जिकीर गरे ।
नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि नेपालीलाई सस्तो, सुलभ र गुणस्तरिय आँखा उपचार सेवा जनताको घर आगनमै पुर्याउदै नेपालको अन्धोपन न्यूनिकरणमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्व सामाजिक संस्था हो ।
विसं २०३५ साल चैत्र १३ गते समाजका विभिन्न क्षेत्रका बिशिष्ट समाजसेवीहरु तथा प्राडा रामप्रसाद पोख्रेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको यस संघले देशका लगभग ९० प्रतिशत नेपाली नागरिकमा सस्तो, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेटने गरी २७ आँखा अस्पतालहरु, १५० भन्दा बढि आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु मार्फत यसले सेवा प्रवाह गरिरहेको छ ।
सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ७२ हजार ९५० जनाको आँखाका शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सन् २०१८ लेखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरी हजारौ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिसकेको छ भने ५५० जना बिद्यार्थिहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले आँखा स्वास्थ्यको क्षेत्रमा नेत्रज्योति संघले उल्लेख्य काम गरेको भए पनि यसमै खुशी भएर बस्न नमिल्ने भन्दै अझै पनि आँखा स्वास्थ्यलाई सबैको पहुँचमा पुराउन धेरै काम गर्न बाँकी रहेको बताए । उनले संघलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिनुहुने चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मान गर्यो । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।
यसैगरी नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्योतिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा।बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा। सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।
त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँख स्वास्थ्य कार्यकर्ता श्री गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरियाे ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य